+
+

राखी सावन्तले गरिन् प्रेमीसँग कानुनी विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १४:०३

काठमाडौं । ‘बिग बोस’ फेम्ड बलिउड सेलिब्रिटी राखी सावन्तले प्रेमी आदिल खानी दुर्रानीसँग कानुनी विवाह गरेकी छन् । यी दुई जना लामो समयदेखि रिलेसनसिपमा रहेको र बेलाबेलामा एकसाथ सार्वजनिक कार्यक्रममा पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राखीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमार्फत सार्वजनिक गरेका विवाहका तस्वीर अहिले भाइरल बनिरहेका छन् । तस्वीरमा राखी र आदिलले माला लगाएका थिए र विवाहको प्रमाणपत्र लिएर फोटो खिचिरहेको देख्न सकिन्छ । तस्वीरको लागि पोज दिंदा दुवै जना मुस्कुराइरहेका छन् । राखीले सुट लगाएको देखिन्छ भने आदिलले कालो सर्ट र पाइन्ट लगाएका थिए ।

तस्वीर सेयर गर्दै राखीले लेखेकी छन्, ‘म धेरै खुसी छु र विवाह गरेकी छु । मेरो प्रेम तिम्रो लागि सदाको निस्वार्थ प्रेम हो ।’ राखीको यो पोस्टमा प्रशंसक र साथीहरूले नवविवाहित जोडीलाई बधाई सन्देश दिइरहेका छन् । राजीव अडातिया, प्रतीक सहजपाल, कृष्णा मुखर्जी, महिमा चौधरी, शार्दुल पण्डित र अन्य धेरैले राखी र आदिलका लागि टिप्पणी लेखेका छन् ।

राखी सावन्तले पूर्व पति रितेशसँग सम्बन्धविच्छेद गरेपछि दुर्रानीसँग डेट गर्न थालेकी हुन् । त्यसक्रममा राखीले मैसूरका व्यापारी आदिललाई आफ्नो प्रेमीका रूपमा मिडिया र आफ्ना फ्यानसँग परिचय गराउन थालेकी थिइन् । राखीकी आमा ब्रेन ट्युमरबाट पीडित भएकाले उनी कठिन समयबाट गुज्रिरहेकी छन् । आमाको शीघ्र स्वास्थ्यलाभको लागि फ्यानबाट प्रार्थना गर्दै भिडियो पोस्ट गरेकी छन् ।

व्यावसायिक कुरा गर्दा राखी पछिल्लो पटकको विवादास्पद टेलिभिजन रियालिटी शो बिग बोस मराठी ४ मा देखिएकी थिइन् । उनी सलमान खानले आयोजना गरेको हिट रियालिटी शो बिग बोस १५ को पनि एक हिस्सा थिइन्, जहाँ उनले आफ्ना पूर्वपति रितेशसँग प्रवेश गरेकी थिइन् । बिग बोस १५ को घरबाट बाहिरिएपछि यो जोडी अलग भएको थियो र राखीले आफ्नो सामाजिक सञ्जाल ह्याण्डलबाट अलग भएको घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?