+
+

सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार खगराज बने मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:१५

२८ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?