+
+

नर्भिक अस्पतालले शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:०५

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल शनिबार पहिलो पटक कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तरगत यो समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ ।

यसअघि अस्पतालको ओपिडी यूरोलोजीसँग सम्बन्धित थियो । पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले पुस ३० गते (शनिबार) विशेष ओपिडी सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् ।

निःशुल्क ओपिडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?