 
																			२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश संरचनाको औचित्य स्थापित गर्नुपर्ने दायित्व प्रदेशसभा सदस्यहरुको मात्र हुनु विडम्बना भएको बताएका छन् ।
शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै कार्कीले प्रदेशको औचित्यतामाथि प्रश्ज उठाउने गरिएको बताए । संविधानको मुल अंशका रुपमा रहेको प्रदेश संरचनाबारे प्रश्न उठाउने गरिएको भन्दै उनले भने, ‘हाम्राबारे गरिएको आलोचना, विरोध र हाम्रा कमजोरी सच्याएर यसलाई स्थापित गर्ने दायित्व हाम्रो काँधमा छ । यस कामका लागि मेरो नेतृत्वको सरकार प्रतिवद्ध छ ।’
भर्खर बनेको प्रदेश सरकारबारे आवधिक समीक्षा हुनसक्ने तर, प्रदेश संरचना हटाउनुपर्छ भनेर टिप्पणी हुनु दुखद भएको उनले बताए ।
साझा सूचीमा रहेका विषयबारे संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले आफ्नो गतिमा काम गर्न गर्न नसकेको भन्दै उनले भने, ‘तर हामीले एउटा कुरामा खसी मान्नुपर्छ, शुन्यबाट प्रारम्भ भएको संरचना अहिले मानिसहरुले खोज्दा भेटिने छन् ।’
यसका लागि अघिल्लो सरकारलाई धन्यवाद दिएका उनले यसको पुनर्पुष्टिका लागि आफ्नो सरकार उभिने समेत बताएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4