
२९ पुस, काठमाडौं । नेता घनश्याम भूसालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको ऐतिहासिक अवसर गुम्दा मुलुकको राजनीतिले सही दिशा समात्न नसकेको बताएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीले प्राप्त गरेको अवसरको सदुपयोग गर्न नसक्दा समाजवादी यात्रामा बिलम्ब हुन पुगेको टिप्पणी गरेका हुन् ।
परिणाममा मुलुकमा लोकरिझ्याँइ मौलाएको उनको भनाइ छ । उनी भन्छन्, ‘राजनीति भनेको षड्यन्त्र, झुट, खुट्टा तनातान । गर्दागर्दा निन्दा र भर्सना भयो । निन्दा र भर्त्सनाको स्थिति यति विकरित भयो कि अहिलेकै चुनाव हेर्ने हो भने पनि जो बढी निन्दा गर्न सक्छ, जो बढी भर्त्सना गर्न सक्छ, जो बढी मुल्यहीन छ, जो बढी सिद्धान्तहीन छ उ बढी पपुलर हने स्थिति आयो राजनीतिमा ।’
उनी अगाडि थप्छन्, ‘अहिलेको राजनीतिक अवस्था सुखद हो ? यसले मुलुकलाई रामो दिशातिर लैजाँदैछ ? एकैछिन हाहाहोहो चल्दैछ । तर, यो हाहाहोहो रमाइलो, रंग रमाइलोबाट मुलुक डरलाग्दो अवस्थारित जाँदैछ ।’
प्रतिक्रिया 4