
३० पुस, सुर्खेत । नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो ।
‘बैठकले सुर्खेतकी नन्दा गुरुङ कामरेडको नाम टुंगो लगाएको छ । अबको केही बेरमा प्रदेश सभामा पुगेर उम्मेदवारी दिने तयारी भइरहेको छ,’ बैठकमा सहभागी एमालेका एक सांसदले भने ।
सुर्खेतकी गुरुङ समानुपातिक सांसद हुँन् । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप-सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4