+
+

पोखरामा आज मेला महोत्सव स्थगित गर्न मेयरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १६:१८

१ माघ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आज (आइतबार) एक दिन स्थगित गर्न आग्रह गरेका छन् ।

काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ भने अरुको खोजी तथा उद्धार कार्य चलिरहेको छ ।

यो दुःखको समयमा कुनै पनि मेला महोत्सव नगर्न उनले पोखराबासीलाई आग्रह गरेका छन् ।

दुर्घटना स्थलमा जम्मा भएका सर्वसाधारणलाई डिलमा नजान आग्रह गर्दै मेयर आचार्यले भनेका छन्, ‘आर्मी र प्रहरीलाई काम गर्न दिऊ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?