+
+

विमान दुर्घटनाले पर्यटन क्षेत्रमा पनि गम्भीर असर : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १६:३२

१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा भएको यती एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । र उद्धारको कामलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले पटक पटकका हवाइ दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश गएको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा पनि असर पार्ने बताए । भर्खरै नयाँ विमानस्थल निर्माण भई उडान शुभारम्भ भएको र पर्यटन राजधानीको रुपमा रहेको पोखरामा दुर्घटना हुँदा हवाई क्षेत्र मात्र नभई पर्यटन क्षेत्रमा नै असर पर्ने उनले बताए ।

‘यस दुर्घटनाले केवल हवाई क्षेत्रमात्र होइन, सिंगो पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गई हाम्रो मुलुकले अवलम्वन गरेको समृद्धि र समाजवादको लक्ष्य प्राप्तिलाई समेत नकारात्मक रुपमा प्रभावित पार्न सक्छ’ नेता नेपालले भने ।

उनले दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाई नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाँले देख्ने र बुझ्ने गरी प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?