+
+

फिल्म ‘अगस्त्य’मा सौगात मल्ल अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १७:१०

काठमाडौं । सौरभ चौधरीको आगामी फिल्म ‘अगस्त्य : च्याप्टर १’को लिड अभिनेतामा सौगात मल्ल अनुबन्धित भएका छन् । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर सार्वजनिक गर्दै निर्माताले सौगात अनुबन्धित भएको जनाएका हुन् ।

पोस्टरमा सौगातको पात्रलाई कुकुरसँगै चित्रण भएको देख्न सकिन्छ । वैशाखदेखि छायांकन सुरु हुने फिल्मलाई नेपाल र भारतमा खिच्ने तयारी छ । डार्क हर्स इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो फिल्मलाई सस्पेन्स थ्रिलर जनरामा राखिएको छ ।

निर्देशक चौधरीले दुई शृंखलामा फिल्म निर्माण गर्न लागिएको जानकारी दिए । फिल्मको मुख्य नायिकामा मलिका महतलाई प्रस्ताव गरिए पनि टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?