+
+

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता

हिमालयन लाइफको नामबाट एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:०६

१ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

१ माघ २०७९ मा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको जनाइएको छ । तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको तीनवटै कम्पनीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?