+
+

शिव श्रेष्ठलाई साक्षी राख्दै शोभितको ‘जय हो’मा भित्रिए माओत्से गुरुङ 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १६:२५

काठमाडौं । निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् ।

अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मका तीन हिरोमध्ये माओत्से एक भूमिकामा हुने शोभितले जानकारी दिए । कमेडी लभस्टोरी फिल्मको छायांकन फागुन दोस्रो सातादेखि हिमालपारिको जिल्ला मुस्ताङदेखि सुरु गर्ने तयारी छ ।

सम्झौता गर्ने बेला शिव उपस्थित भए पनि फिल्ममा उनको संलग्नताबारे शोभितले थप खुलाउन चाहेनन् । अभिनेता गुरुङले पनि फिल्ममा आफ्नो प्रमुखमध्येको भूमिका भएको अनलाइनखबरलाई बताए । ‘स्क्रिप्ट पढ्दा चित्त बुझ्यो र काम गर्ने सहमति जनाएँ । यसमा पनि मेरो प्रमुखमध्येको एक रोल छ,’ माओत्सेले भने ।

फिल्मलाई टेक पौरखीले राईले निर्देशन गर्ने जनाइएको छ । फिल्म छायांकनले मुस्ताङको पर्यटन विकास हुने आशा आफूहरुले लिएको पनि निर्माता बस्नेतले बताए । फिल्ममा साइन गर्नका लागि पोखरादेखि काठमाडौं आइपुगेका माओत्सेले अर्को एक फिल्ममा साइन गर्ने तयारी पनि गरेका छन् । पोखराको गुरुङ फिल्मसहित नेपाली भाषाका फिल्ममा पनि सक्रिय रहेका माओत्सेले हालै दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा समेत छोटो अभिनय गरेका थिए ।

माओत्से अभिनित पछिल्लो फिल्म ‘प्रेमगीत ३’ले विश्वव्यापी प्रशंसा बटुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?