+
+

किमसँग डिभोर्सपछि कान्ये वेस्टले गरे फेसन डिजाइनर बियान्कासँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १७:५२
फाइल तस्वीर

काठमाडौं । कान्ये वेस्ट र बियान्का सेन्सोरीबीचको सम्बन्धको समयरेखा अझै अस्पष्ट छ । तर पछिल्लो समय उनीहरुको विवाहको खबरले सबैलाई चकित बनाएको छ ।

किम कार्दसियन र कान्येको सम्बन्धविच्छेद भएको लगभग दुई महिनापछि २४ पटकको ग्रामी विजेता रहेका कान्येले सेन्सोरीसँग विवाह गरेको खबर बाहिरिएको थियो ।

फेसन डिजाइनर समेत रहेकी सेन्सोरीको परिवार नवविवाहित जोडीलाई परिवारमा स्वागत गरेकोमा खुसी देखिन्छ । बियान्काकी बहिनी, एन्जेलिना सेन्सोरीले आफ्नो परिवारका लागि रोमाञ्चक खबर रहेको बताएकी छन् । उनीहरु एकले अर्कोलाई बुझ्न थप गोपनीयता जरुरी भएको समेत उनले बताइन् । अर्को एक आफन्तले पनि बियान्का सेन्सोरी र कान्ये वेस्ट दुवैका लागि धेरै खुसी रहेको बताएकी छन् ।

क्यालिफोर्नियाको बेभर्ली हिल्समा एक निजी समारोहमा २७ वर्षीया बियान्का र ४५ वर्षीया कान्येले एकअर्कासँग विवाह गरेको बताइएको छ । उनीहरुले विवाहको प्रमाणपत्र लिएर पनि विवाहलाई खुलेर सार्वजनिक गरेका छैनन् । यद्यपि यो जोडीले सँगै खाना लिंदा हातमा विवाहको औंठी लगाएको देख्न सकिन्छ । कान्ये वेस्टले बियान्का सेन्सोरीसँग आफ्नो विवाहको बारेमा कुनै आधिकारिक बयान भने गरेका छैनन् ।

बियान्का सेन्सोरीले नोभेम्बर २०२० देखि वेस्टको कम्पनी एजीसँग मिलेर काम गरिरहेकी छिन् र हाल उक्त कम्पनीको आर्किटेक्चरको प्रमुख छिन् । उनी एक उद्यमी पनि हुन् जसले स्नातकपछि नाइलन नामको गहना कम्पनी खोलिन् । यो दम्पतीको विवाहको हल्ला चल्न थालेपछि बियान्काले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय गरेकी छन् । तर यी दुवै कहिले एकअर्कासँग रोमान्टिक रूपमा संलग्न हुन थाले भन्ने कुरा भने खुल्न सकेको छैन ।

वेस्ट र सेन्सोरीले सन् २०२० मा एजीमा काम गर्न सुरु गर्नुअघि केही वर्षदेखि एकअर्कालाई चिनेका थिए । सेन्सोरी हाल मेलबर्न विश्वविद्यालयबाट आर्किटेक्चरमा स्नातकोत्तर गरेपछि वास्तुकलाको प्रमुखको रूपमा कार्यरत छिन् । दम्पतीको डेटिङलाई लिएर हल्ला यतिबेला सुरु भयो जब कान्येले सेन्सोरी ओभरलोड भनिने गीत रिलिज गरे । यो गीतको शब्दले उनीहरु एकअर्कालाई डेट गर्दैछन् भन्ने संकेत दिएको छ । दुवै लस एन्जलसमा भएको लञ्चमा उनीहरूको विवाहको ब्यान्ड फ्ल्यान्ट गर्दै देखिएका थिए, जुन एकअर्काप्रतिको प्रतिबद्धताको रूपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?