+
+

बालकृष्णले विराटनगर ल्याएका अभिषेक गिरीलाई रविले भीमफेदी कारागार पठाए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १८:४१

२ माघ, विराटनगर । राजनीतिक पहुँचका आधारमा जिल्ला कारागार मोरङ आएका कैदी अभिषेक गिरीलाई मकवानपुरको भिमफेदी कारागार सारिने भएको छ ।

डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई मोरङ कारागार हाजिर भएलगतै चौकीदारको जिम्मेवारी दिइएको थियो । आइतबार गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरणको पत्र मोरङ आएको हो ।

विवादास्पद छविका गिरी ‘गुण्डा नाइके’ हुन्। कारागारबाट उनले विराटनगर बजारमा चन्दा आतंक मच्चाएकको आरोप छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद भुक्तान अवधि एक महिना मात्रै बाँकी छ । एक महिना कैद बाँकी रहेको अवस्थामा भिमफेदी कारागार स्थानान्तरणको पत्र आएको जिल्ला कारागार मोरङका नित्तिम जेलर तुलसीराम भगतले बताए । ‘उहाँको स्थानान्तरणको पत्र मेलमा आएको छ,’ उनले भने,‘ हामी प्रकृयामा लैजान्छौं ।’

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गिरीलाई सार्न लागिएको स्रोतले बताएको छ। ‘हिजो गृहमन्त्री बालकृष्ण खाडको ठाडो निर्देशनमा विराटनगर आएका थिए,’कारागार स्रोतले भन्यो,‘नयाँ गृहमन्त्रीको आदेशमा फेरि भिमफेदी सरुवा भयो ।’

तत्कालिन गृहमन्त्री खाडको निर्देशनमा २०७८ मंसिर ९ गते गिरीलाई मोरङ कारागार ल्याइएको थियो । उनलाई मोरङ ल्याउने निर्णयको विरोधमा कारागारभित्र आन्दोलन भएको थियो । गिरीलाई मोरङ ल्याउनकै लागि तीन जना चौकीदारलाई मोरङबाट अन्यत्र पठाइएको थियो ।

गिरीलाई ल्याउन भन्दै २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए । २०७८ कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित ६ जनालाई झापा र इलाम सरुवा गरिएको थियो । गत मंसिर ९ गते गिरी आउनुअघि तत्कालिन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?