+
+

हिमाली क्षेत्रमा हिमपात हुने, वर्षाको सम्भावना बिहीबारपछि मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते ७:२३

३ माघ, काठमाडौं । आज पनि मौसममा आंशिकदेखि सामान्य बदली आएको छ । पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको पनि सम्भावना रहेको छ । यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुनसकेको छैन ।

आज तराईको भू-भागमा हुस्सु र कुहिरो लागेका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?