+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १०:५५

३ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लख ५ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ६ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ प्रतितोला तोकिएको छ ।

सोमबार छापावल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?