+
+

विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौं ल्याइयो

आर्यन धिमाल आर्यन धिमाल
२०७९ माघ ३ गते १३:५२

३ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो ।

७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?