+
+

कम्प्युटर अपरेटरहरु राहदानी विभागमा जान मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १४:००
प्रतीकात्मक तस्वीर

३ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहदानी विभाग र कन्सुलर विभागमा खट्न निर्देशन दिएका कम्युटर अपरेटरहरुले अटेर गरेका छन् । मन्त्रालयले १७ पुसमा २८ जना कम्प्युटर अपरेटरहरुलाई कामकाजका लागि राहदानी र कन्सुलर जान निर्देशन दिएको थियो ।

तर सामान्य प्रशासन मन्त्रालयको निर्देशन अटेर गरेर कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभाग नगएका हुन् । विभागले जनशक्ति अभाव भएको भन्दै मन्त्रालयसँग कम्प्युटर अपरेटर मागेपछि मन्त्रालय, आयोग लगायत कार्यालयहरुबाट ३ महिने काजमा कर्मचारी पठाउने निर्णय भएको थियो । उक्त निर्णय अनुसार २–३ जना मात्रै अपरेटरहरुले राहदानी विभाग गएका छन् ।

मन्त्रालय स्रोतका अनुसार कम्प्युटर अपेरटरहरु विभागमा काम धेरै हुनेभन्दै जान नमानेका हुन् । ‘उहाँहरुलाई हामीले ३ महिनाको लागि मात्रै जानुस भन्यौं । राहदानी विभाग र कन्सुलर विभागमा पालैपालो खटाउने मन्त्रालयले निर्णय गरेपनि सुरुकै चरणमा अपरेटर साथीहरु जान खोज्नु भएन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘संवैधानिक आयोग र मन्त्रालयको तुलनामा राहदानी र कन्सुलर विभागमा कामको चाप धेरै हुने भएकोले जान नखोजेको देखिन्छ । तर तोकिएको जिम्मेवारी पुरा गर्नु त दायित्व हो,उहाँहरु जानुपर्ने हुन्छ ।’

राहदानी र कन्सुलर विभागले अपेरटरहरु नआएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएपछि पछि यथासिघ्र हाजिर हुन लिखित निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले कम्प्युटर अपरेटरहरुको नाम सहित एक सूचना जारी गर्दै निर्देशन दिएको हो । मन्त्रालय, आयोग, अन्य निकायबाट कामको चापको आधारमा तीन –तीन महिनाको लागि पालैपालो कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभागमा काजमा खटाउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नियुक्ति पछि सचिवहरुलाई ३० बुँदे निर्देशन दिने क्रममा राहदानीमा लिने सेवाको समस्या एक महिना भित्र हल गर्नुपर्ने बताएका थिए । सोही निर्देशनको आधारमा मन्त्रालयले काजमा राहदानी विभागलाई थप जनशक्ति(कम्प्युटर अपरेटर) उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?