+
+

सेयर बजार ३२.७२ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १६:५८

३ माघ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज यस साताको पहिलो कारोबार दिन हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । मंगलबार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार बैकिङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत र होटल उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार २५० धितोपत्रको ६३ हजार ४३० वटा कारोबारबाट १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ग्रिन भेन्चर लिमिटेड, आदर्श लघुवित्त, पिपुल्स हाइड्रो, बाराही हाइड्रो, घलेम्दी हाइड्रोसहितका कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ८.४५ प्रतिशतले गुमाए । मंगलबार अपि पावर, अपर तामाकोशीसहितका कम्पनीको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?