+
+

विमान दुर्घटनास्थलबाट ७०० मिटर तल एउटा शव भेटियो, एक जनाको स्थिति अझै अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १७:१८

३ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।

७२ जना चढेको विमान दुर्घटनामा परेका  एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिंचाइका लागि बनाइएको नहरमा हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?