+

बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

२०७९ माघ  ३ गते १९:३४ २०७९ माघ ३ गते १९:३४
बीवाईएससीले संकटासँग लियो आहा राराको बदला, जित्यो बागमती गोल्डकपको उपाधि

३ माघ, हेटौंडा । अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससीले संकटा क्लबसँग २ हप्ताअघिको हारको बदला लिँदै पाँचौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा भएको खेलमा बीवाईएससीले संकटा क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि उचालेको हो ।

यो जितसँगै बीवाईएससीले २ हप्ताअघि पोखरामा बेहोरेको हारको बदला लिएको छ । पोखरामा भएको आहा रारा गोल्डकप फुटबलको फाइनलमा बीवाईएससी संकटासँग ३-२ ले पराजित भएको थियो ।

बागमती गोल्डकपको फाइनलमा निर्धारित समयमा दुवैतर्फ २–२ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । जसमा बीवाईएससीले बाजी मार्‍यो ।

उपाधिसहित भुटनिज युथ स्पोर्टसले ८ लाख रुपैयाँ हात पारको छ । उपविजेता संकटाले नगद ४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

बीवाईएससीका गोलरक्षक पुजन थापामगर म्यान अफ द फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बागमती गाउँपालिकाको आयोजनामा पुस २४ गतेबाट सञ्चालित प्रतियोगितामा सातवटा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता थियो ।

बागमती गोल्डकप बीवाईएससी संकटा क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय