+

दशौं राष्ट्रिय खेलकुदको खेल संख्या टुंग्याउन आइतबारसम्मको समय

२०८२ पुष  ९ गते १५:२४ २०८२ पुष ९ गते १५:२४
दशौं राष्ट्रिय खेलकुदको खेल संख्या टुंग्याउन आइतबारसम्मको समय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्या र खेलाडीको मापदण्ड बनाउन राखेप कार्यकारी समितिलाई आइतबारसम्म समयसीमा दिएको छ।
  • फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद गर्ने मिति तोकिएको छ र त्यसका लागि निर्देशिका संशोधनसहित पारित गरिएको छ।
  • नवौं राष्ट्रिय खेलकुदपछि दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा गर्ने तय भए पनि चार पटक मिति तोकिए पनि आयोजनामा ढिलाइ भएको छ।

९ पुस, काठमाडौं । आगामी फागुन पहिलो साता कर्णाली प्रदेशमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्याको टुंगो लगाउनका लागि आइतबारसम्मको समयसीमा दिइएको छ ।

बुधबार सिंहदरबारबास्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैडकले दशौंका लागि सहभागी हुने खेल संख्या र खेलाडीको टुंगो लगाउन राखेप कार्यकारी समितिलाई निर्देशन दिएको हो ।

‘पहिले ३६ खेल समावेश गर्ने राखेपले तयारी गरेको थियो । त्यसमा खेलको मापदण्ड बनाएर कति खेल समावेश गर्ने, कति खेलाडी खेलाउने भन्ने मापदण्ड तयार गर्न राखेप कार्यकारी समितलाई आइतबारसम्मको समय दिइएको छ’ राखेप कार्यकारी समितीकी सदस्य सुबर्ण श्रेष्ठले जानकारी दिइन् ।

बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेपछि राखेपको १२३औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म दशौं राष्ट्रिय खेलकुदको मिति तोकेको थियो । त्यही मितिमै दशौँ गर्ने गरी तयारी भइरहेको र दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि निर्देशिक पनि संशोधनसहित पारित भएको श्रेष्ठले जानकारी दिइन् ।

अब सोही अनुसार सबै प्रदेशहरूलाई तयारीका लागि पत्राचार गरिने र उपसमितिहरू बनाइने उनले जानकारी दिइन् । ‘अब सातै प्रदेशलाई तयारीका लागि पत्राचार हुन्छ र कर्णाली प्रदेशमा कति खेल गर्न सकिन्छ भन्ने विषयमा अनुगमन र छलफल हुन्छ । उपसमिति गठन हुन्छ’ उनले भनिन् ।

नवौं राष्ट्रिय खेलकुदको समापनमा दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमा गर्ने गरी तय गरिएको थियो । तर तोकिएको समयमा दशौं हुन सकेन र त्यसपछि पनि दुई मिति तोक्दा दशौं आयोजना भएन ।

अहिले चौथो पटक फागुनमा गर्ने गरी दशौँको मिति तय गरिएको छ । तर अझै पनि खरिद प्रक्रिया देखि तयारी लगायत विभिन्न काम बाँकी रहँदा अजै पनि दशौँ हुनेमा अन्योल रहेको खेल विज्ञहरू बताउँछन् ।

दशौं राष्ट्रिय खेलकुद राखेप बोर्ड बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय