News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्को १२४औं बोर्ड बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ तेस्रो संशोधनसहित पारित भएको छ।
- बैठकले सन २०२६ मा जापानमा हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ।
- खो-खो विश्वकप उपविजेता नेपाली टोलीको पुरस्कारका लागि अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि पठाइएको र स्वीकृत हुनासाथ वितरण गरिने मन्त्री बब्लु गुप्ताले बताउनुभयो।
९ पुस, काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ ।
दशौं राष्ट्रिय खेलकुदसँगैप्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।
यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पास गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोवाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ ।
बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
खो-खो विश्वकपमा उपविजेता भएको नेपाली पुरुष र महिला टोलीको पुरस्कारका लागि अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि पठाइसकेको र बजेट स्वीकृत हुनासाथ खेलकुद मन्त्रालयले खेलाडीहरूलाई वितरण गर्ने खेलकुदमन्त्री बब्लु गुप्ताले बताएका छन् ।
‘हामी फलोअप गरिरहेका छौं, ठूलो रकम भएकाले स्वीकृत भइसकेको छैन, हामी पहल गरिरहेका छौं र स्वीकृत हुनासाथ वितरण गर्नेछौं’ मन्त्री गुप्ताले भनेका छन् ।
राखेपकी कार्यसमिति सदस्य सुवर्णा श्रेष्ठले यसअघि पनि खो खो टोलीलाई पुरस्कार वितरण गर्ने विषयमा पहलकदमी गर्दै आएको र यसपटक पनि उक्त विषयलाई प्राथमिकतामा राखेर फलोअपका लागि ध्यानाकर्षण गराएको जानकारी दिएकी छन् ।
बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4