+
+

कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १४:४३

४ माघ, सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो । कर्णाली प्रदेशमा सत्ता गठबन्धनमा माओवादीले मुख्यमन्त्री, एमाले सभामुख र माओवादीले उपसभामुख लिने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?