+
+

बैंकिङ प्रणालीमा १० अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १५:५०

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ५ भदौ बिहिबार रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

१४ पुसमा रिपो मार्फत नै ४५ दिनको लागि ५० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाएको केन्द्रीय बैंकले बिहीबार पुनः थप १० अर्ब तरलता पठाउन लागेको हो । बैंकहरुले ४ माघ बिहीबार ५० अर्ब रिपो बाहेक ५२ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत तरलता सुविधा लिएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा सामान्य प्रकृतिको तरलता कमी हुँदा रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउँछ भने साधारण प्रकृतिको तरलता अधिक हुँदा रिभर्स रिपो मार्फत प्रशोचन गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?