+
+

बलिउड अभिनेता दर्शन जारिवाला बिदा मनाउन पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ११:२५

काठमाडौं । पर्यटन बोर्डको निम्तोमा विदेशी कलाकार नेपाल घुम्न आउने क्रम बढेको छ । चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ-म्यान नेपाल घुम्न आएको बेला चर्चित बलिउड अभिनेता दर्शन जारिवाला पनि आइपुगेका छन् । यी दुवै जना कलाकार पर्यटकीय नगरी पोखरा पुगेका छन् ।

गान्धी माइ फादर, अजब प्रेमकी गजब कहानी, राउडी राठोर, राधे, आरक्षण, राजनीतिजस्ता बलिउड फिल्ममा अभिनय गरेका जारिवाला बुधबार पोखरा पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीसँग देख्न सकिन्छ ।

यी दुवै कलाकार बिदा मनाउन आफ्ना सहयोगी र परिवारसहित नेपाल आइपुगेका हुन् । दक्षिण कोरियाली अभिनेता म्यानले त गुरुङ पोशाक लगाएर तस्वीर सार्वजनिक गरेका थिए । आफ्नो देश फर्र्किएर नेपाल घुम्न फ्यान र नागरिकलाई सन्देश दिने यी सेलिब्रिटीको तयारी देखिन्छ । कोरोना महामारीपछि थलिएको पर्यटनलाई उकास्न सरकारले यो दशकलाई भ्रमण दशकको रुपमा मनाइरहेको छ र सोहीअनुसार बोर्डले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिइरहेको छ ।

गत वैशाख २० गते चर्चित टर्किस अभिनेता अल्टन डुज्याटन पनि नेपाल घुम्न आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?