+
+

पुससम्म काठमाडौं महानगरले उठायो साढे ४ अर्ब बढी राजस्व

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १४:३९

५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पुस मसान्तसम्म ४३ प्रतिशत भन्दा धेरै राजस्व संकलन छ । महानगरले चालु आवको पुस मसान्तसम्म ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको हो ।

महानगरले चालु आवको लागि कुल १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व लक्ष्य राखेको छ । जसमध्ये पुस मसान्तसम्म ४ अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार महानगरले सबै भन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठाएको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?