+
+

चोभारको कार दुर्घटनामा बेपत्ता युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:३०

५ माघ, काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ ।

कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो । उनको शव दुर्घटना स्थलदेखि १०० मिटर तल भेटिएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?