+
+
Shares

ब्याज अनुदानको विषयमा ग्लोबल आईएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:५५

काठमाडौं । नीलकण्ठ नगरपालिकाले उद्यमशील कर्जा लिनेलाई ब्याज अनुदान दिने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र नीलकण्ठ नगरपालिका बीच ब्याज अनुदान दिने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरे ।

नीलकण्ठ नगरपालिकाको ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरवासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन लगायत अन्य लघु उद्यमहरु गर्नेहरुले कर्जा पाउनेछन् ।

समझादारी पत्र हस्ताक्षर कार्यक्रममा बैंकको तर्फबाट वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?