+
+

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १०:३३

६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिंदैछन् ।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा पुस २७ गते प्रदेश सभाका पाँचमध्ये चार दलका २५ जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०,  राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका एक/एक जनाको समर्थन छ ।

विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने बताउँदै आएका शर्माले सातवटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।

शर्माले विनाविभागीय मन्त्रीको रूपमा एमालेलेका विनोदकुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाही नियुक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?