+
+

सभामुख देवराज घिमिरेले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते ११:५२

६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए । शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?