+
+

संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्छु : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:४२

६ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?