+
+

कांग्रेसबाट मुक्ताकुमारी यादवले गरिन् उपसभामुखमा मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १५:५४

६ माघ, काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् ।

शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

यता, सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?