+
+

जापानमा जनसंख्या घट्यो, आत्महत्या दर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते २१:५६

६ माघ, टोकियो । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब पाँच लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ । यो सङ्ख्या एक बर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो ।

सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो ।

पछिल्लो गणनामा ६५ वर्ष वा सोभन्दा माथिका तीन करोड ६२ लाख १० हजार जनसङ्ख्या रहेको छ । यो कूल जनसङ्ख्याको २९ प्रतिशत हो ।

तथ्याङ्कले १५ वर्षमुनिका बालबालिकाको औसत जनसङ्ख्या एक करोड ४४ लाख ५० हजार पुगेको छ । यो कूल जनसङ्ख्याको ११.६ प्रतिशत हो ।

घट्दो जन्मदर र वृद्धवृद्धाको जनसङ्ख्या, घट्दो श्रमशक्ति र चिकित्सा तथा सामाजिक सुरक्षा प्रणालीमा ठूलो आर्थिक भारले जापानका लागि चुनौतीबनिरहेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी हप्ता संसदको नियमित सत्रको उद्घाटनमा आफ्नो भाषणमा जापानको घट्दो जन्मदरसँग जुध्ने नीतिका लागि कोष सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ ।

नयाँ वर्षको शुरूमा गरिएको पत्रकार सम्मेलनमा किशिदाले यस वर्ष बालबालिकासँग सम्बन्धित नीतिहरूमा ध्यान केन्द्रित गर्ने वाचा गरेका थिए र ‘अभूतपूर्व’ कदमहरू मार्फत् कम जन्मदरको सामना गर्ने प्रतिज्ञा गरेका थिए ।

आत्महत्याको दरमा वृद्धि
यसैबीच, जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।

शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार १३ वर्षमा पहिलो पटक पुरुषको आत्महत्या दर बढेको उल्लेख छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार अघिल्लो वर्ष सात हजार ४१ महिलाले आत्महत्या गरेका थिए, जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले कम हो ।

जापानमा सन् २०१९ मा लगातार १० वर्षदेखि आत्महत्याका घटनामा निरन्तर कमी आएको भए पनि सन् २०२० मा विश्वव्यापी महामारीको सुरुवात भएदेखि नै तुलनात्मक रूपमा उच्च रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० मा बेरोजगार व्यक्तिले आत्महत्या गर्नेको सङ्ख्या करिब ५० प्रतिशतले वृद्धि भई एक हजार ३८ पुगेको राष्ट्रिय प्रहरी निकायको अध्ययनमा आधारित मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

निवृत्तिवरण (पेन्सन) वा रोजगारीको सुविधा नपाएर जीवन यापन गरिरहेकामध्ये पाँच हजार ३४७ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।

मानिसहरुले आत्महत्या गर्नुको मुख्य कारण स्वास्थ्य समस्या रहेको रिपोर्टमा बताइएको छ ।

आत्महत्या गर्नेहरूमध्ये ११ हजार १२५ जनामा पारिवारिक समस्या देखिएको छ भने चार हजार २१४ जनामा पारिवारिक समस्या रहेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२२ मा विद्यालय जाने उमेर समूहका बालबालिकाले आत्महत्या गर्नेको सङ्ख्या अघिल्लो बर्षकोभन्दा मात्र तीन सङ्ख्याले घटेर ४४१ पुगेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?