+
+

४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते ८:१४

७ माघ, काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।

जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ ।मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?