+
+

‘पठान’ हेर्न नेपाली दर्शकलाई शाहरुखको भिडियो सन्देश, आक्रामक ओपनिङको प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १०:५०

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री भैसकेको छ । यो ट्रेन्ड हेर्दा शनिबार बेलुकासम्म बुधबारको टिकट विक्री शतप्रतिशत हुने अनुमान गरिएको छ ।

टिकट विक्रीको ट्रेन्ड, हाइप र अन्य नयाँ फिल्म रिलिज नहुँदाका पक्षलाई हेर्दा बुधबार नै फिल्मले १ करोड हारहारीमा कमाइ गर्ने देखिन्छ । विकडेजमै फिल्मले करोड कमाउन सक्नु ब्यवसायको हिसाबले आकर्षक कमाइ हो । विहिबार पनि फिल्मले ९० लाखदेखि १ करोडसम्म कमाउन सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

शुक्रबार र शनिबारको कमाइ एकदेखि डेढकरोडको बीचमा हुनसक्ने प्रक्षेपण गरिएको छ । जसअनुसार ‘पठान’ले चार दिनमा नेपाली बक्स अफिसमा साढे ४ करोडदेखि ५ करोडसम्मको कमाइ गर्न सक्छ । चारवर्षपछि शाहरुख खानको फिल्म रिलिज हुन लागेकाले पनि दर्शकमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ ।

यसैबीच, अभिनेता खानले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै हलमा गएर ‘पठान’ हेरिदिन नेपाली दर्शकलाई आग्रह गरेका छन् । उनले नेपाली फ्यान र दर्शकप्रति आफ्नो माया रहेको समेत सन्देश दिएका छन् । पठानको नेपाल वितरकले मिडियालाई उपलब्ध गराएको भिडियो सन्देशमा शाहरुखले यस्तो सन्देश व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?