+
+

जनमतका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भोलि फाइनल हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १३:१३

७ माघ, काठमाडौं । जनमत पार्टीका सांसद एवं विनाविभागीयमन्त्री अब्दुल खानले सरकारमा रहने वा नरहने भोलि टुंगो लाग्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन सत्तासाझेदार दलहरूले दिएको उनले बताए । ‘भोलिसम्म आश्वासन दिनुभएको छ,’ उनले भने, ‘भोलि फाइनल निर्णय हुन्छ ।’

थुप्रै विकल्पहरुबारे पन छलफल चलिरहेको उनले बताए । ‘बाँकी मन्त्रालयहरु दिने कुरा पनि छ । भोलिसम्म कुरा मिल्छ भन्ने विश्वास छ । अन्यथा, फिर्ता हुन पनि सकिन्छ ।’

सहमति नभएकै कारण आफूलाई ‘कार्यभार सम्हाल्न मुस्किल परेको’ पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?