+
+

अमेरिकामा अण्डाको मूल्यमा अस्वभाविक वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते २०:३६

७ माघ, काठमाडौं । अमेरिकामा अण्डाको मूल्य अत्यधिक महंगो भएको छ । जनवरी २०२२ मा एक दर्जन अण्डाको मूल्य १.९३ डलर अर्थात् लगभग २५० रुपैयाँ थियो । डिसेम्बरमा यो बढेर ४.२५ डलर अर्थात् लगभग ५५२ रुपैयाँ पुग्यो ।

बीबीसीका अनुसार अहिले केही पसलमा एक दर्जन अण्डाको मूल्य बढेर ८ डलर (करिब १ हजार ३८ रुपैयाँ) पुगेको छ ।

एभियन फ्लूको प्रकोपका कारण कुखुराको अण्डाको आपूर्तिमा असर पुर्‍याएको छ ।

अमेरिकी कृषि विभागको तथ्याङ्कअनुसार एक वर्षभन्दा कम अवधिमा ४.४ करोडभन्दा बढी अण्डा दिने कुखुरा मरिसकेका छन् ।

तर बर्डफ्लुका कारण मात्र नभई इन्धनको मूल्यवृद्धि, प्याकेजिङ र कुखुराको दानाको मूल्यवृद्धिजस्ता धेरै कारणले अण्डाको मूल्य बढिरहेको छ ।

मूल्य अस्वाभाविक रूपमा बढेपछि मेक्सिको र क्यानडाका मानिसहरु अण्डाको तस्करी गरिरहेका छन् । अमेरिकी अधिकारीहरूले अण्डा तस्करी गर्नेलाई १० हजार डलरसम्म जरिवाना गर्न सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?