+

दैनिक २ वटा अण्डा एक महिनासम्म खाँदा शरीरमा के हुन्छ ?

२०८३ वैशाख  ६ गते १४:५७ २०८३ वैशाख ६ गते १४:५७

समस्या अण्डाभन्दा पनि त्यससँग खाने धेरै तेल, बटर वा प्रशोधित मासुका परिकारले बढी ल्याउन सक्छ ।

दैनिक २ वटा अण्डा एक महिनासम्म खाँदा शरीरमा के हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहान दुई अण्डा खाँदा लामो समय पेट भरिएको महसुस हुने र तौल नियन्त्रणमा सहयोग पुग्ने अध्ययनले देखाएको छ।
  • अण्डामा पाइने कोलाइनले मस्तिष्क सक्रिय बनाउने र लुटिनले आँखाको थकान कम गर्ने बताइएको छ।

तौल नियन्त्रण, मांसपेशी बलियो बनाउन र शरीरलाई आवश्यक पोषण सहज रूपमा पूर्ति गर्ने खानेकुरामा अण्डा पनि पर्छ । धेरैले बिहानको खाजामा २ वटा उमालेको अण्डा खाने बानी बसालेका पनि छन् ।

सानो देखिए पनि अण्डा प्रोटिन, भिटामिन डी, कोलाइन, लुटिन, सेलेनियम र स्वस्थ बोसोको राम्रो स्रोत हो । यही कारण एक महिनासम्म लगातार २ वटा अण्डा खाँदा शरीरमा केही स्पष्ट सकारात्मक परिवर्तन देखिन सक्छ ।

१.मांसपेशी र शरीरको शक्ति बढ्न थाल्छ

दैनिक २ वटा अण्डाबाट शरीरले राम्रो मात्रामा उच्च गुणस्तरको प्रोटिन पाउँछ । यसले मांसपेशीको मर्मत, विकास र दैनिक कामका लागि आवश्यक शक्ति दिन्छ ।

व्यायाम गर्नेहरूमा एक महिनाभित्र शरीर छिटो पुनः सक्रिय हुने, थकान कम हुने र मांसपेशी बलियो हुन्छ । हावर्ड हेल्थका अनुसार अण्डामा शरीरलाई चाहिने सबै आवश्यक एमिनो अम्ल पाइने भएकाले यो मांसपेशी निर्माणका लागि प्रभावकारी मानिन्छ ।

२.भोक नियन्त्रण र तौल व्यवस्थापनमा सहयोग

२ वटा अण्डा खाएर दिन सुरु गर्दा भोक नियन्त्रण र तौल व्यवस्थापनमा सहयोग गर्न सक्छ । क्याम्ब्रिजमा प्रकाशित एक अध्ययनले देखाए अनुसार बिहानको खाजामा अण्डा समावेश गर्दा लामो समयसम्म पेट भरिएको महसुस गराउने र दिउँसो तथा बेलुकाको खानामा कम खाँदा पनि पुग्ने देखाएको छ ।

यही कारण बिहान २ वटा अण्डा खाएर दिन सुरु गर्दा छिटो भोक नलाग्ने, बीच–बीचमा चिप्स, बिस्कुट वा अन्य अनावश्यक खानेकुरा खाइरहने बानी घट्छ ।

एक महिनासम्म यस्तो बानी बस्दा कुल क्यालोरी सेवन घट्न सक्छ, जसले तौल नियन्त्रणमा सहयोग पुर्‍याउन सक्छ ।

३.मस्तिष्क सक्रिय र ध्यान केन्द्रित गर्न सजिलो

अण्डामा पाइने कोलाइनले मस्तिष्कको कार्यक्षमता र स्नायु प्रणालीलाई सहयोग गर्छ । नियमित २ वटा अण्डा सेवनले स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता र मानसिक स्फूर्ति बढाउन मद्दत गर्न सक्छ ।

धेरै अध्ययन गर्ने, लेखन गर्ने वा लामो समय कम्प्युटरमा बस्नेहरूमा यो प्रभाव अझ सजिलै महसुस हुन सक्छ ।

४.आँखाको थकान कम हुन सक्छ

मोबाइल र कम्प्युटरको प्रयोग धेरै गर्नेहरूका लागि अण्डा अझ उपयोगी हुन सक्छ । यसको पहेँलो भागमा पाइने लुटिन र जियाजान्थिनले आँखालाई क्षतिबाट जोगाउन मद्दत गर्छ । एक महिनासम्म नियमित सेवनले आँखा कम थाक्ने, सुख्खापन कम हुने र स्क्रिनमा हेर्दा सहज महसुस हुन सक्छ ।

५.छाला, कपाल र नङमा चमक

नियमित २ वटा अण्डाले शरीरमा केराटिन बन्न सहयोग गर्छ, जुन कपाल, नङ र छालाको आधारभूत संरचना हो । एक महिनासम्म यस्तो बानीले कपाल कम झर्ने, नङ बलियो हुने र छालामा हल्का प्राकृतिक चमक देखिन सक्छ ।

६.हड्डी बलियो हुने र रोगसँग लड्ने क्षमता बढ्ने

अण्डामा पाइने भिटामिन डीले शरीरमा क्याल्सियम सोस्न मद्दत गर्छ । यसले हड्डी बलियो बनाउन सहयोग गर्छ । साथै सेलेनियम र भिटामिन एले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । मौसम परिवर्तनमा छिटो बिरामी पर्नेहरूका लागि पनि यो उपयोगी हुन सक्छ ।

कोलेस्टेरोलबारे धेरै डर आवश्यक छैन

धेरैलाई २ वटा अण्डा दैनिक खाँदा कोलेस्टेरोल बढ्छ कि भन्ने चिन्ता हुन्छ । तर हावर्ड हेल्थका अनुसार स्वस्थ व्यक्तिमा सन्तुलित आहारसँग जोडेर खाँदा यसले सामान्यतया मुटुको जोखिम उल्लेख्य रूपमा बढाउँदैन । समस्या अण्डाभन्दा पनि त्यससँग खाने धेरै तेल, बटर वा प्रशोधित मासुका परिकारले बढी ल्याउन सक्छ ।

मायो क्लिनिकमा प्रकाशित आलेखले पनि सोही कुरामा जोड दिन्छ । दिनको दुई वटा अण्डा खानु धेरैजसो स्वस्थ व्यक्तिका लागि सामान्यतया सुरक्षित मानिन्छ, विशेषगरी यदि अरू खानेकुरा सन्तुलित छन् भने । यसमा भएको विश्लेषणले अण्डाको कोलेस्टेरोलले धेरैजसो मानिसमा रगतको खराब बोसो उल्लेख्य रूपमा नबढाउने देखाएको छ ।

बरु, दुई अण्डाबाट शरीरले राम्रो प्रोटिन, भिटामिन डी, कोलाइन र आँखाका लागि उपयोगी तत्व पाउँछ, जसले मांसपेशी, मस्तिष्क र लामो समय पेट भरिएको अनुभूति दिन मद्दत गर्छ ।

तर, अध्ययनले एउटा कुरा जोड दिएको छ, अण्डाभन्दा त्यससँग खाने बटर, बेकन, चीज वा धेरै तेलयुक्त परिकारले जोखिम बढाउन सक्छ । त्यसैले, उमालेको वा कम तेलमा पकाएको दुई अण्डा बढी लाभदायक मानिन्छ ।

जीवनमा महसुस हुने समग्र परिवर्तन

एक महिनापछि धेरैले शरीरमा स्फूर्ति, लामो समय पेट भरिएको अनुभव, काममा ध्यान बढेको, कम थकान र छालामा हल्का चमक जस्ता परिवर्तन महसुस गर्न सक्छन् । यदि पर्याप्त पानी, राम्रो निद्रा र हल्का व्यायाम पनि सँगै जोडियो भने यसको प्रभाव अझ स्पष्ट देखिन सक्छ ।

अण्डा खाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय