News Summary
Generated by OK AI. Editorially reviewed.- लेयर्स कुखुरापालक संघले माग बढेको तर उत्पादन घटेको भन्दै अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएर ठूलो अण्डाको मूल्य ४ सय ६५ रुपैयाँ कायम गरेको छ।
- संघ अध्यक्ष विनोद पोखरेलले गर्मी मौसम र कुखुरामा देखिएको रोगका कारण अण्डा उत्पादन घटेको र सीमा नाकामा कडाइले आयात रोकिएको बताए।
- नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेपछि अण्डाको माग बढेको र गत मंसिरमा मूल्य प्रतिक्रेट ठूलो अण्डाको ५ सय ६५ रुपैयाँ पुगेको थियो।
१ वैशाख, काठमाडौं । बजारमा माग बढेको तर उत्पादन घटेको भन्दै लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य बढाएको छ ।
संघले आज सोमबारदेखि लागु हुने गरी नयाँ मूल्यसूची निर्धारण गरेको हो । अब फारममै ठूलो अन्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि ४ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डामा प्रतिक्रेट १५ रुपैयाँ बढाइएको हो ।
त्यसैगरी, यसअघि ४ सय रुपैयाँ पर्ने मध्यम साइजका अन्डाको मूल्य अब ४ सय १५ रुपैयाँ कायम भएको छ । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसम र कुखुरामा देखिएको रोगका कारण पछिल्लो समय अन्डा उत्पादन घटेको छ ।
साथै, सीमा नाकामा गरिएको कडाइका कारण बाहिरबाट आउने अन्डाको आयात रोकिएकाले पनि बजारमा मूल्य बढ्न गएको उनको भनाइ छ । ‘नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अन्डाको माग बढेको छ,’ उनले भने ।
गत मंसिरमा अन्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यतिबेला ठूलो अन्डाको प्रतिक्रेट ५ सय ६५ र मझौलाको ५ सय ५० रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया 4