+
+

केपी ओलीले प्रदान गरे राजेश हमाललाई महानायकको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते २०:४९
तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् ।

अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागी थिए ।

नेपाली फिल्म क्षेत्रमा अभिनेता हमाललाई कतिपयले ‘महानायक’ पनि भनेर सम्बोधन गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?