+
+

कैलालीमा अवैध चिनीसहितका विभिन्न सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १५:४४

८ माघ, धनगढी । कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट दुई क्वीन्टल चिनी, १२ वटा ब्याट्री, प्लाष्टिकको झिल्ली लगायतका अवैध सामान बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका–१ को त्रिवेणी घाटबाट स्थानीय बिशाल थापाले चलाएको से.१ प. ४१४३ नम्बरको स्कुटीमा भारतबाट ल्याउदै गरेको अवस्थामा खुर्सानी लगायतका सामान पनि बरामद गरिएको छ । टीकापुर नगरपालिका–८ को झुंगास्थित भित्री सडक खण्डमा ३५ प्याकेट सुर्ती, बिडी, चकलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका ७ को हिम्मतपुरस्थित हुलाकी सडक खण्डमा सोही ठाउँका कल्लु चौधरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेका दुई राँगा र कैलारी गाउपालिका ५ पुरानो मलिका टोलमा सोमै चौधरी र  भजनी नगरपालिका ३ बस्ने जाहिर अलीले भजनीबाट हसुलिया तर्फ ल्यादै गरेका दुई राँगा पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?