+
+

घरदैलोकै रूपमा दादुरा खोप अभियान सञ्चालन गर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १७:४९

८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुराविरुद्धको खोप घर दैलोअभियान रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

नेपालगञ्जमा दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेपछि स्थानीय पत्रकार सँग कुरा गर्दै मन्त्री गिरीले खोप अभियानमा बालबालिका सहभागी गराउन सम्बन्धित पक्षलाई अपिल गरिसकेको बताए ।

त्यसका लागि आमा समूह, महिला स्वास्थ्य स्वयंसेवी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूसँग छलफल भइसकेको छ ।

दादुराको खोप नलगाएको वा लगाउन नचाहेका कारण समस्या गहिरो बन्न पुगेको बताए । अहिले नेपालगञ्जमा विशेष गरी मुस्लिम समुदायले खोप नलागएको र धेरै बालबालिका खोपबाट वञ्चित भएका कारणले दादुराको प्रकोप फैलिएको हो ।

‘दादुरा फैलिदो अवस्थामा रहेको र खोप लगाउन नचाहेको कारणले यो समस्या बढ्दै गएको पाइयो,’ मन्त्री गिरीले भने, ‘खोप अभियानमा बालबालिका सहभागी गराउन सबै सम्बन्धित निकायलाई निर्देशन भइसकेको छ ।’

संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक स्रोत–साधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘खोप अभियान सफल बनाउँन सबै निकायसँग छलफल गरेको छु । सबै निकायलाई दादुरा बिरुद्घको खोप लगाउँन बालबालिका उपस्थित गराउन अनुरोध भएको छ । सुरुमा दादुराको फैलिँदो अवस्थालाई चेनब्रेक गर्नुपर्नेछ,’ उनले भने ।

अहिले नेपालगञ्ज, सुर्खेत लगायत केही ठाउँमा दादुरा महामारीका रुपमा देखिएको छ । दादुराका कारण एक जनाको मृत्यु र दुई सयभन्दा बढी बालबालिका दादुरा संक्रमणबाट प्रभावित भएका छन् ।

‘अहिलेसम्म ९५ प्रतिशत खोप लगाउँने काम सफल रुपमा सम्पन्न स्वास्थ्यकर्मीले जानकारी दिनुभएको छ । तर, यो शतप्रतिशतमा हुनुपर्छ । कुनै बालबालिका छुट्नु हुँदैन,’ मन्त्री गिरीले भने ।

मन्त्री गिरीले आइतबार भेरी अस्पताल,सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?