+
+

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२३’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १८:५३

द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनरविश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो ।

कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पुर्व विद्यार्थीहरु, स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन ब्रिटिस कलेजका सिईओ राजन कडेँलले गरेका थिए ।

कडेँलले भने, ‘पुराना साथीहरुसँग भेटघाट गर्नुका साथै, यो कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौँ र के कस्ता नयाँ अवसरहरु उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ । जस्तै ब्राण्ड न्यु इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौँ ।’

कार्यक्रममा कलेजका पुर्व विद्यार्थीहरु, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए । साथै एड्मीसन्स्तथा मार्केटिङका हेड अमरदिप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।

उनी भन्छन्,‘पूर्व विद्यार्थीहरुसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौँ। पुर्व विद्यार्थीहरुले प्राप्त गरेको सफलताप्रति हामीहरुलाई गर्व छ । उनीहरुको भविष्यको योजनाप्रति मदत गर्न हामीहरु सदैव तयार छौँ ।’

विभिन्न विषयमा छलफल तथा डिनरसँगै कार्यक्रम समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?