+
+

प्याब्सन नकआउट क्रिकेट : मिनील्याण्ड, मनकामना र लिटिल एन्जल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते २०:११

८ माघ, वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा मिनील्याण्ड, मनकामना मावि र लिटिल एन्जल्स विजयी भएका छन् ।

प्रिक्वार्टरफाइनलको खेलमा जीवनज्योति माविलाई ८ विकेटले पराजित गर्दै मिनील्याण्ड क्वार्टरफाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको जीवनज्योतिले पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य मिनील्याण्डले ११.४ ओभर खेल्दै मात्रै २ विकेटको नोक्सानीमा पूरा गर्‍यो ।

२ छक्का र १४ चौकासहित ८१ रनको योगदान दिएका मिनील्याण्डका सोनु पटेल म्यान अफ द म्याच घोषित भए ।

प्रिक्वार्टरफाइनलको पहिलो खेलमा मनकामना माविले गोल्डेन फ्युुचर माविलाई ७ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको गोल्डेन फ्युचरले पुरै १५ ओभर खेलेर ९ विकेटको नोक्सानीमा ९८ रन बनाएको थियो । ९९ रनको लक्ष्य मनकामनाले ९.५ ओभर खेल्दै मात्र ३ विकेट गुमाएर भेट्टायो । ३ विकेट लिन सफल मनकामनाका रोबिन कुमाल म्यान अफ द म्याच घोषित भए ।

आइतबार नै भएको अर्को खेलमा लिटल एन्जल विजयी भएको थियो । उसले सेन्ट जेभियर्सलाई ९ विकेटले पराजित गर्‍यो । टस जितेर व्याटिङ गरेको सेन्ट जेभियर्सले पूरै १५ ओभर खेलेर ४ विकेट गुमाउँदै १ सय ८ रन बनाउन सफल भयो ।

१ सय ९ रनको लक्ष्य सहित व्याटिङ गरेको लिटल एन्जलले ११.४ ओभरमा १ विकेट गुमाउँदै भेटायो । लिटल एन्जलका लागि अनमोल गुप्ता म्यान अफ दि म्याच घोषित भए । सोमबार तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

सोमबार आदर्श मावि र न्यु वेभ, साउथ जोन र मस्कोट एकेडेमी तथा गौतम मावि र विकन मावि बीच खेलहरु हुनेछ । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा निजी विद्यालय सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?