
९ माघ, काठमाडौं । श्रीकृष्ण प्रणाली युवा परिषद्ले मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा करिब १५ लाख रुपैंयाको कपडा बाडेको छ ।
मधेश प्रदेश अनि तनहुँ, लमजुङ र गोरखाका अशक्त, अनाथ र जेष्ठ नागरिकलाई कपडा बाँडिएको परिषद्का केन्द्रीय सदस्य भीम बगालेले बताए ।
उनका अनुसार, केही कपडा श्रीकृष्ण प्रणाली युवा परिषद्ले किनेको हो भने केही कपडा विभिन्न सहयोगी संस्थाहरुले उपलब्ध गराएको हो ।
नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघ, डेनिक एण्ड डेभिल्स काठमाडौं, नेकेड एक्सप्रेस नेपाल, हुक डेनिम काठमाण्डौं पनि कपडा उपलब्ध गराएको परिषद्ले जनाएको छ ।
कपडा वितरण कार्यक्रमका अवसरमा परिषद्ले विभिन्न धार्मिक स्थानमा पशुपतिविरुद्ध सचेतना अभियान पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4