+
+

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २२:४१

९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

उनले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास बनाइदिन भन्दै प्रतिमहिना १० हजार लिने गरेको पाइएको अख्तियारको दाबी छ । कात्तिक २०७८ देखि हालसम्म १५ मनिनाको एक मुष्ठ १ लाख ५० हजार घुस लिइसकेका अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

स्रोतका अनुसार अख्तियारले घुस दिने रकमको नोटका नम्बरहरु पहिल्यै नोट गरेको थियो । तर आयोगका कर्मचारीहरु पुग्दा उनको साथमा त्यो रकम नभेटिएको घटनास्थलमा खटिएका एक अधिकृतले बताए ।

बरु कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको ८ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् ।

घुसवापत लिएको रकम उनले कहाँ राखे भन्ने विषयमा पनि खोजी भइरहेको स्रोतले जनाएको छ ।

चुडाल यसअघि नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?