+
+

एनसेल र सिक्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १३:१३

काठमाडौं । सिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा आधारित ह्याकाथन कार्यक्रम आयोजना गर्ने भएको छ ।

देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै २७-२९ माघसम्म उक्त कार्यक्रम आयोजना गर्न हुने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप सिक्वल फाउन्डेसनसँग ह्याकाथन कार्यक्रमका लागि सहकार्य गरेको एनसेलले जनाएको छ । महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

सिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेका सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन् ।

यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन् । दर्ता भएका समुहहरु मध्येबाट छानिएका समुहरुको लिस्ट २० माघमा घोषणा गरिने छ । कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रिजेन्टेसन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?