
८ साउन, काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लान सञ्चालनमा ल्याएको छ ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका सहित सबै विद्यार्थीलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ ।
करसहित ३ सय ९९ रुपैयाँ र त्यसभन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवा पाइने छ ।
उदाहरणका लागि ३ सय ९९ रुपैयाँको सधैं अन रिन्युअल प्लानमा विद्यार्थीले ३० दिनका लागि ३ सय ९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवा पाउँछन् ।
त्यसैगरी यदि विद्यार्थीले ५ सय ९९ रुपैयाँको सधैं अन रिन्युअल लिए ५ सय ९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवा पाउँछन् ।
एनसेलका अनुसार यो योजना अन्तर्गत सिम वा ई–सिम लिन विद्यार्थीले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुबाको नागरिकताको प्रतिलिपि सहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा जान सक्छन् ।
विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधा सहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ ।
‘सधैं अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ, परिवारका सदस्यसँग सम्पर्कमा रहिरहन ठूलो भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।
प्रतिक्रिया 4