+
+

मूल्य उच्च बिन्दुमा पुग्दा सुनको कारोबार प्रभावित, पुराना गहना बेच्ने बढे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १३:३१

१० माघ, काठमाडौं । सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘केही सातादेखि गत वर्ष बराबरकै उच्च बिन्दुमा सुनको कारोबार भइरहँदा नै बजार प्रभावित भएको थियो,’ उनले भने, ‘तर मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै छ । बरु पुरानो गहना बिक्री गर्न आउनेहरु बढेको जानकारी व्यापारीहरुबाट आएको छ ।’

अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।

नेपालभर रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ ।

यसअघि २५ फागुन २०७८ मा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?