+
+

सांसदको लेबीमा अरु दललाई उछिन्यो रास्वपाले, कसले कति उठाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २१:१४

११ माघ, काठमाडौं । कुनै बेला सांसदबाट मासिक लेबी उठाउनेमा अरु पार्टीभन्दा एमाले अघिल्लो पंक्तिमा थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उसलाई उछिनेको छ ।

प्रतिनिधिसभा सांसदको नियमित तलब ६७ हजार र भत्तागरी करिब एक लाख रुपैयाँ पुग्ने गर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने तलबको झन्डै आधाजति अर्थात् २५ हजार रुपैयाँ मासिक लेबी उठाउन लागेको हो ।

क्षमताभन्दा बढी लेबी तोकिएको भन्दै केही सांसदले असन्तोष जाहेर गरेका छन् ।

एमालेले यसअघिको प्रतिनिधिसभा कालमा सांसदहरुबाट प्रतिमहिना १३ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो। कांग्रेसले मासिक १० हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । दुवै ठूला दलले यसपल्ट भने लेबी शुल्क तोक्न बाँकी छ ।

यस्तै माओवादी केन्द्रले अघिल्लो संसदकालमा मासिक १२ हजार रुपैयाँ लेबी उठाउने गर्थ्यो । यसपल्ट पनि सोही कायम हुने माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसदलाई मासिक १५ हजार रुपैयाँ लेबी उठाउने गर्छ ।

जसपाले यसअघिको संसदमा मासिक १० हजार उठाउँथ्यो । नयाँ सांसदलाई कति उठाउने भन्नेबारे निर्णय छिट्टै हुने पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

एकीकृत समाजवादीले सांसदबाट मासिक १२ हजार रुपैयाँ लेबी उठाउँछ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म यसबारे निर्णय गरिसकेको छैन । पार्टीको संसदीय दल तथा कार्यकारिणीले यसबारे सोच्ने पार्टी उपाध्यक्ष दीपक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?